नियम १५
बढुवाको नामावली प्रकाशन
आयोगले कार्यक्षमताको मूल्याड्ढनको आधारमा बढुवाको लागि सिफारिस भएका राजपत्राड्ढित कर्मचारीको नामावली सार्वजनिक रुपमा प्रकाशन गर्नेछ । त्यस्तो नामावलीमा सबैभन्दा न्यूनतम अड्ढ प्राप्त गर्ने कर्मचारीले प्राप्त गरेको अड्ढ समेत उल्लेख गर्नु पर्नेछ । त्यसरी बढुवा नामावली प्रकाशित भएपछि कुनै उम्मेदवारले आफूले प्राप्त गरेको अड्ढ हेर्न चाहेमा कार्य सम्पादनको अड्ढ बाहेक अन्य आधारहरु बापत निजले प्राप्त गरेको अड्ढ हेर्न दिनु पर्नेछ ।